About Us Services Blog Contact Us Learn

मरिण सरकारको शुरुवाती वर्षमा १०१ कार्य पुरा गर्दै १६० छात्रालाई साइकल उपहार र ५ जनालाई रु.१ लाख प्रोत्साहान

निर्वाचित मरिण सरकारको शुरुवाती १ वर्षे कार्यकालको समीक्षा, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साईकल वितरण तथा स्नातक तह उतिर्ण अबिवाहित किशोरीहरुलाइ रु.१ लाख प्रोत्साहन कार्यक्रम

आज मिति २०८० साल जेष्ठ ६ गतेका दिन मरिण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कपिलाकोट सिन्धुलीमा आयोजित मरिण गाउँपालिकाकाे दाेस्राे कार्यकालका लागि निर्वाचित अध्यक्ष Prakhyat Muktan नेतृत्वको सरकारले एक वर्षमा गरेका उल्लेखनीय १०१ कार्यकाे समीक्षा तथा गाउँपालिका अन्तर्गत कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साईकल र स्नातक तह उतिर्ण अबिवाहित किशोरीहरुलाइ प्रोत्साहन स्वरुप नगद एक लाख रूपैया प्राेत्सहान स्वरूप वितरण कार्यक्रम प्रतिनिधि सभा सदस्य सिन्धुली जिल्ला क्षेत्र नं.२ का माननीय श्री लेखनाथ दाहाल (राजन) ज्यूको प्रमुख आतिथ्यतागाउँपालिकाका आदरणीय अध्यक्ष श्री विमर्स मुक्तानज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

मरिण सरकारको शुरुवाती १ बर्षको उल्लेखनिय १०१ कार्यहरु सहित आफ्नो महत्वपूर्ण भनाई राख्नुहुदै गाउँपालिकाका आदरणीय अध्यक्षज्यू साथै मरिण गाउँपालिकाको कलेजमा स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलाको लागि प्रोत्साहन रकम रु.१ लाख रकम ५ जना छात्रालाई हस्तान्तरण र मरिण गाउँपालिका अन्तर्गतको विद्यालयमा चालु शैक्षिक सत्रमा कक्षा-११ मा अध्ययनरत १६० जना (११७ जना कपिलाकोट माध्यमिक विद्यालय र ४३ जना माध्यमिक विद्यालय खयरशाल) छात्राहरुलाई साइकल हस्तान्तरण गर्नुहुदै प्रमुख अतिथि, विशिष्ठ अतिथि निवर्तमान बागमती प्रदेश माननीय श्री बुद्धिमान माझीज्यू, आदरणीय अध्यक्षज्यू, गाउँपालिका उपाध्यक्ष श्री विमला माझीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जीज्यू । प्रमुख प्रशासकीय अधिकृतज्यूद्वारा संचालित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षज्यूको स्वागत मन्तव्य सहित वडा नं २ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता श्री कमल बहादुर आले मगरज्यू, राजनैतिक दलका प्रतिनिधिज्यूहरु, विशिष्ठ अतिथिज्यू, प्रमुख अतिथिज्यू सहित आदरणीय अध्यक्षज्यूको अमुल्य मन्तव्य सहित समापन भएको थियो। कार्यक्रममा ७ वटै वडाका अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, वडा सदस्यज्यहरु, वि. व्य. स.का अध्यक्षज्युहरु, विद्यालयका प्र.अ.ज्यूहरु, पत्रकारज्यूहरु, कर्मचारीहरु र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।






















Recent Posts

Getting Started with Game Development Using Flutter

Learn the basics of game development with Flutter and create your first game.

Game Dev: Animations & Optimization

Improve your Flutter games with advanced animations and optimization tips.

No comments:

Post a Comment