About Us Services Blog Contact Us Learn

कार्यालयमा अहिले भए गरेकाे प्रवृति ।। सेवाग्राहीकाे गुनासो

कार्यालयमा अहिले भए गरेकाे प्रवृति ।। सेवाग्राहीकाे गुनासो
कार्यालयमा अहिले भए गरेकाे प्रवृति ।। सेवाग्राहीकाे गुनासो 
ब्यक्तिगत बिचार

जुनसुकै कार्यालयकाे सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन विचाैलियालाई साेयम आफ्नो कामकाे लागि बाहेक अरूकाे कामकाे लागि कागजात बाेकेर जाँदा कार्यालयमा प्रवेश निषेध गर्नुपर्छ ।
कार्यालय बाहिर काम विचाैलियालाई लगाए पनि कार्यालय भित्र  सेवाग्राही साेयमले आफ्नो कागजात लिएर जाने वातावरण निर्माण गर्दा मात्र पालाे अनुसार काम हुन्छ नभए एउटा बिचाैलियाले ४-५ ओटा ब्यक्तिकाे कागजात बाेकेर जान्छ अर्कोले त्यस्तै ४-५ ओटा गरि बिचाैलिया नै ६-७ जना जम्मा भएर विभिन्न कुरा गरेर कर्मचारीलाई भुल्याएर न काम पालाेमा हुन्छ न छिटाे? बिचाैलियाले धेरै समय लगाएर तेहि पनि बल्लतल्ल गरेकाे भनेर सेवाग्राहीलाई सेवा शुल्क धेरै लिने गरेकाे हुन्छ।
काम परेर कार्यालय गयाे भने विचाैलियाले बाटोदेखि नै कागजात  खाेस्न आउँछ यस्तै हाे भने अबकाे २-४ वर्षमा चै बिचाैलियाले घर-घरमा कागजात तान्न आउन बेर लाउँदैन। सेवाग्राहीलाई बाहिर बस्न लगाएर आफू ४-५ जनाकाे कागजात बाेकेर काँहा कुन कर्मचारीकाे मा पुग्छ पनि थाहा छैन जन्ताकाे सेवा गर्न बसेकाे कर्मचारीलाई जन्ताले नै चिन्न र देख्न नपाउने कस्ताे प्रवृती हाे?? बिचाैलियाले लिएर जाँदा मात्र काम गर्दिने हाेर कर्मचारीले?? बाहिर अनलाइन अथवा अफलाइन फाराम भर्दिने र त्याे गरे बापतकाे सेवा शुल्क लिएर कार्यालयमा चै साेयम ब्यक्तिलाई कागजात पठाउँदा चै के काम गर्न नै नमिल्ने हाेर कर्मचारीले?? कर्मचारीले सेवाग्राही भनेकाे जाे काेहि भए पनि सम्मान ढंगबाट पालैपालाेले काम गरिदिने हैनर??? जाबाे धेरै भन्दा धेरै लागे २० मिनेट लाग्ला जुनसुकै अनलाइन फाराम भर्न अनि सेवाग्राहीलाई बस्न लगाएर कागजात बाेकेर हिडेकाे भरमा के जन्ताले सेवा शुल्क भनेर बिचाैलियालाई मिनेटकाे १००-२०० का दरले कहिले सम्म तिर्नु पर्ने हाे??? सेवाग्राही साेयमले कागजात बाेकेर कार्यालयमा जान नसक्ने  हाेर??? कस्ले बनाउदै छ यस्तो बिकृति?? अब कहिले परिवर्तन हाेला याे प्रवृती???
-आफ्नो प्रतिक्रिया कमेन्टमा अबस्य लेख्नुहाेला।

Recent Posts

Getting Started with Game Development Using Flutter

Learn the basics of game development with Flutter and create your first game.

Game Dev: Animations & Optimization

Improve your Flutter games with advanced animations and optimization tips.

No comments:

Post a Comment